नेकपा एकिकृत समाजवादी पार्टी युवा संघ राप्ती गाउँपालिकाको अध्यक्षमा पुन चयन



नेकपा एकिकृत समाजवादी पार्टी युवा संघ राप्ती गाउँपालिकाको अध्यक्षमा पुन चयन

भालुवाङ २ पुस । नेकपा एकिकृत समाजवादी पार्टीको युवा संघको भेला शुक्रवार राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा सम्पन्न भएको छ । भेलाले शिशिर पुनको संयोजकत्वमा राप्ती गाउँपालिका स्तरीय ६ सदस्यीय युवा संघ गठन गरेको छ ।

जसको सहसंयोजकमा पदम घर्ती, सहसचिवमा युवराज उपाध्याय र हिमाल अधिकारी रहेका छन् भने सदस्यहरुमा नारायण अधिकारी र राजन भण्डारी रहेका छन् । पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ज्ञानु गौचनको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा पुर्व सांसद शारदा स्वणर्कारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

भेलामा पार्टीका प्रदेश उपाध्यक्ष मुकुन्दराज रोका, प्रदेश सदस्य अर्जुन अधिकारी, जिल्ला अध्यक्ष सुरामणी बेल्बासे, युबासंघका केन्द्रिय सदस्य सुरेश केसी, युवा संघका जिल्ला अध्यक्ष प्रेम मगर, अखिल नेपाल महिला संघका जिल्ला सचिव शारदा शर्मा लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका सचिव रोशन अधिकारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे