एमाले महासचिव शंकर पाेख्रेल दाङ आउँदै



एमाले महासचिव शंकर पाेख्रेल दाङ आउँदै

दाङ २ पुस । नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले दाङका विभिन्न कार्यक्रमलाई सम्बाेधन गर्ने भएका छन् । नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ ले शनिबार अमर माध्यमिक विद्यालय उरहरीमा आयाेजना गर्ने दङ्गाली कम्युनिस्ट आन्दाेलनका अगुवा श्रीमणी आचार्यकाे १४ आैँ स्मृति दिवसलाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे र सहभागी हुन नेकपा एमाले दाङ जिल्ला संगठन कमिटीले आह्वान गरेकाे छ ।

जिल्ला अध्यक्ष टिकाराम खड्का र सचिव मनाेहर बुढाथोकीले हस्ताक्षर गरेकाे विज्ञप्तिमा स्मृति दिवसमा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक सबैमा अनुराेध गरिएको छ ।

यस्तै पुस ४ गते नेकपा एमाले दाङ देउखुरी जिल्ला संगठन किमिटीकाे पूर्ण बैठक आयाेजना गर्ने कार्यक्रम छ । तुलसीपुर उद्योग बाणिज्य संघकाे सभाहल दाेघरेमा बैठक सञ्चालन हुने र सहभागी हुन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे