दाङमा आज कोरोनाका एक जना बिरामी मात्रै अस्पतालमा



दाङमा आज कोरोनाका एक जना बिरामी मात्रै अस्पतालमा

दाङ २९ मंसिर । दाङमा कोरोनाका सकृय विरामी मध्ये १ जना मात्रै अस्पतालमा रहेका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार अहिले जिल्लामा सकृय विरामीको संख्या ७ जनामा झरेको छ ।

हिजो जिल्लाका ५ जना कोरोना संक्रमित निको भएसँगै सकृय विरामीको संख्या १२ बाट ७ मा झरेको हो । पछिल्लो समय कोरोनाका नयाँ विरामी थपिने क्रम घट्दै जादा सकृय विरामीको संख्या पनि घट्न थालेको हो । वितेको २४ घण्टामा दाङमा कोरोनाका विरामी थपिएका छैनन् भने निको हुनेको संख्या पनि शून्य रहेको छ । सक्रिय विरामी मध्ये ६ जना घरमा र १ जना घोराहीको राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे