प्रतिनिधिसभाको बैठक पुस ६ गते सम्मका लागि स्थगित



प्रतिनिधिसभाको बैठक पुस ६ गते सम्मका लागि स्थगित

काठमाडौं २८ मंसिर । प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । आज मंललबार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोधलाई निरन्तरता दिएको हो ।

एमालेले आजदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवरोध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे