देउखुरीको पिपरीमा बसको ठक्करबाट १ महिला सहित बसमा सवार ३ जना घाइते



देउखुरीको पिपरीमा बसको ठक्करबाट १ महिला सहित बसमा सवार ३ जना घाइते

सिसहनियाँ २७ मंसिर । दाङको देउखुरीमा यात्रुवाहक बसको ठक्करबाट एक महिला सहित बसमा सवार ३ जना घाइते भएका छन् । सोमवार बेलुका ५ बजेको समयमा नारायणघाढ देखि नेपालगञ्ज जाँदै गरेको भे १ ख २७८६ नम्बरको यात्रुवाहक बसले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा घाँस बोकेर हिडिरहेकी एक महिलालाई ठक्कर दिदा बस अनियन्त्रित भई पल्टिएको छ ।

बसको ठक्करबाट राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ६० वर्षिया घनमाया उलङमगर, बसमा सवार लमही नगरपालिका २ निवासी ४५ वर्षिया रामबहादुर चौधरी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुवै जनालाई सिसहनियाँमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

यस्तै बसमा सवार बैजनाथ गाउँपालिका ६ बाँके निवासी ५३ वर्षिया द्रोपता पुन र सोही ठाउँ निवासी ३७ वर्षिया विमला पुन सामान्य घाइते भएका छन् । उनीहरुको सिसहनियाँमा उपचार भइरहेको छ । ठक्कर दिने बसका चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे