दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु



दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

दाङ २७ मंसीर । दाङमा स्कुल बसले ठक्कर दिदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ अगेरा बस्ने पदैल यात्री रोहित पाण्डेको छोरी २ वर्षीया आहाना पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

सोहि ठाउँबाट बिद्यार्थी लिएर अगेरा तर्फ आउँदै गरेको ना ३ ख ९९९३ नम्बरको बसले सोमबार बिहान सवा १० बजे ठक्कर दिदा घाइते भएका बालकको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । ठक्कर दिने बस बबई स्टार लिटिङ बोडिङ स्कुलको रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे