प्यूठानमा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते



प्यूठानमा जीप दुर्घटना हुँदा २ जना गम्भीर घाइते

प्यूठान २१ मंसिर । प्यूठानमा पिकअप जिप दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन ।

दाङको तुलसिपुरबाट प्यूठानको नौबहिनि गाउपालिकामा सिरक डसना बोकेको भे १ ज १३४१ नम्बरको पिकअप जीप मंगलबार बिहान नौबहिनी गाउपालिकाको तल्लो आरनमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा दाङ तुलसिपुर निवासी बर्ष ३८ का कृष्ण सोडकार र भारतको रक्सोल घर बताउने बर्ष २४ का आशिक आलम रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जीप सडकदेखि २०० मिटर तल खसेको छ । घाइते २ जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे