देउखुरीकाे सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा ह्वील चियर प्रदान



देउखुरीकाे सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा ह्वील चियर प्रदान
सिसहनियाँ २१ मंसिर । देउखुरीकाे सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा सर्वोदय माध्यामिक विद्यालय सिसहवनयाँको कक्षा ६ मा अध्यनरत कालापानी गाउँका अपाङ बालकलाई ह्विल चियर र न्यानो कपडाको लागि नगद प्रदान गरिएकाे छ ।
सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकीको पहलमा पदाधिकारी तथा अन्य आर्थिक सहयोगीकोहरुको सहयोगमा शारिरिक रुपमा अपाङ्गता भएका बिद्यार्थी जिवलाल चौधरीलाई घर देखी बिद्यालय सम्म आउन जानमा सहयोग होस भन्ने उद्देश्यले ह्वील चियर र न्यानो कपडा खरिदका लागि नगद २ हजार रुपैया प्रदान गरिएका सचिव मदन पोख्रेलले जानकारी दिए ।
एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि देव नारायण चौधरी तथा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकको विशिष्ट आथित्यतामा संघका पदाधिकारीहरुले जिवलाल चौधरीलाई ह्वील चियर प्रदान गरेका हुन् ।
नव निर्वाचित पदाधिकारीको पहिलो बैठकको निर्णय अनु्ुसार मानविय सहयोगका लागि संघले कार्य सुरु गर्ने बताईएको छ । उद्योग ब्यापार र ब्यवसायीहरुको हक हितका साथै समाजमा रहेका विभिन्न सामाजिक काममा समेत सिसहनिया उद्योग बाणिज्य संघले काम गर्दै आएको उपाध्यक्ष भागवत ज्ञवाली भानुले जानकारी दिए ।
आर्थिक रुपले विपन्न परिवारका जिवलाल चौधरीलाई जिवलाल चौधरीलाई ह्वील चियर प्रदान गर्नका लागि सहयोग स्वरुप गोवर्धन रावत, बसन्त थापा र रामु दामदामले जनहि १ हजारका दरले सहयोग गरेका छन् ।
साथै पूर्णबहादुर बुढाथोकी, मदन पोख्रेल, ईश्वरी अधिकारी, भागवत ज्ञवाली, रमेश गौतम, युवराज सेन, भरत पाण्डे, शाान्तराज भण्डारी, मनिराम बेल्वासे, निमु रावत, सन्जिव छिनाल, रामलाल पाण्डे, भानु रोकाय, हिमबहादुर रोकाय, पोमनारायण जैसी, टोपबहादुर खत्री, निरज शेरबहादुर केसी लगायतले ५ सय रुपैयाका दरले सहयोग गरेको सह-कोषाध्यक्ष सनिप ज्ञवालीले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे