देउपुरमा मिनी ट्रक र मोटरसाइकल जुध्दा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु



देउपुरमा मिनी ट्रक र मोटरसाइकल जुध्दा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

दाङ २१ मंसिर । दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमवार बेलुका लमही नगरपालिका वडा नं. ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका वडा नं. ७ कमानपुर निवासी ३५ बर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र लमही बाट मध्यनगर तर्फ जाँदै गरेको लु ४४ प ११०४ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।

घाईते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारको लागी बुटवल लगिदै थियो । उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे