चन्द्रज्योति बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी १९ औं गणतन्त्र दिवस मनायो



चन्द्रज्योति बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम गरी १९ औं गणतन्त्र दिवस मनायो

भालुवाङ १५ जेठ । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको चन्द्रज्योति बोर्डिङ स्कुलले शुक्रवार विभिन्न कार्यक्रम गरेर १९ औं गणतन्त्र दिवस मनाएको छ ।
स्कुलले दिवसका अवसरमा वक्तृत्वकला र शिक्षक, विद्यार्थी, अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत गणतन्त्र दिवस विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की निशाप चन्द ठकुरी प्रथम, कक्षा १० की बासना शर्मा र कक्षा ८ की निरु बुढामगर द्धितीय तथा कक्षा ८ की इशानी सुवेदी र कक्षा १० का नविन आचार्य तृतीय भएका छन् । बिजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । साथै कार्यक्रममा विद्यालयको शैक्षिक सुधार, नयाँ मार्ग निर्देशन, भावी शैक्षिक कार्ययोजना, वर्तमान शैक्षिक क्रियाकलाप र विद्यार्थीको नियमित उपस्थितीका विषयमा अन्तरक्रिया गरिएको थियो ।

स्कुलका प्रबन्ध निर्देशक तथा सञ्चालक गिरीराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्यापसका प्रध्यापक तुलसीराम पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक रमा पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक शरदराज शर्माले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे