रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते मध्ये १ जनाको ज्यान गयाे



रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते मध्ये १ जनाको ज्यान गयाे

रुकुम पश्चिम २१ मंसिर । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिएका छन् ।

बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको थियो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे