जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भीड



जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा सेवाग्राहीको भीड

दाङ ९ मंसिर । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा एक/दुई हप्तायता सेवाग्राहीको चाप बढेको छ । नागरिकता बनाउन, प्रतिलिपि निकाल्न, राहदानीको सिफारिस लिन र अन्य सेवाको लागि आउने सेवाग्राहीको चाप रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार एक हप्तायता दैनिक दुई सयभन्दा बढी सेवाग्राहीको काम भइरहेको छ । उहाँका अनुसार यो चाप केही वर्षयताकै बढी हो ।

कर्मचारीहरुले कार्यालयसम्म भन्दा पहिला र बेलुका ६ बजेसम्म बसेर काम गर्नुपरेको उहाँको भनाइ छ । जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका अनुसार एक हप्तायता दैनिक करिब ९० नयाँ नागरिकता र करिब ४० ओटा नागरिकताको प्रतिलिपि लिन आउनेहरुको तथ्याङ्क छ ।

त्यसैगरी राहदानीको लागि दैनिक ६५ जनाको सिफारिस हुने गरेको कार्यालयले जनाएको छ । नाबालक सिफारिस लिन आउनेहरुको सङ्ख्या समेत बढी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे