राप्तीको बजेट ७५ करोड ४ लाख ९६ हजार : शिक्षा, स्वास्थ्य र पुर्वाधार मुख्य प्राथमिकता
भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
बुधबार दोस्रो गाउँसभाको ९ औं अधिवेशनमा उपाध्यक्ष कमलापति चाैधरीले सो बजेट प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष चाैधरीले प्रस्तुत गर्नु भएको बजेटमा चालू तर्फ ५५ करोड ३५ लाख १० हजार र पुँजीगत तर्फ १९ करोड ६९ लाख ८६ हजार रहेको छ । त्यस्तै शिक्षा, युवा तथा खेलकुद तर्फ ८ करोड ९ लाख २० हजार, स्वास्थ तर्फ ४ करोड २ लाख ९६ हजार, कृषि तर्फ ५२ लाख ६० हजार, पशुपंक्षी तथा मत्स्य विकास तर्फ ५९ लाख ७० हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ ५१ लाख ५० हजार, संस्थागत सुशासन तर्फ ५४ लाख, खानेपानी तथा फोहोरमैला व्यवस्थापन तर्फ १ करोड ८३ लाख बजेट प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै पर्यटन तथा सहकारी प्रवद्वन तर्फ ९ लाख ५० हजार, श्रम रोजगार तथा उद्यमशिलता तर्फ २७ लाख ९७ हजार, पुर्वधार तर्फ ६ करोड ८१ लाख ३८ हजार, वन वातावरण तथा विपद तर्फ २८ लाख ९५ हजार, सुचना प्रविधि तर्फ ३९ लाख, न्यायिक समिति तर्फ ३० लाख ५० हजार, राजश्व व्यवस्थापन तर्फ ३८ लाख, भुमि तर्फ १५ लाख, सम्पूर्ण वडाका लागि ६ करोड ६९ लाख, संघ तथा प्रदेश शर्शत कार्यक्रमका लागि ३० करोड १९ लाख, संघ तथा प्रदेश विशेष कार्यक्रमका लागि ७० लाख, संघ तथा प्रदेश समपुरक कार्यक्रमका लागि १ करोड ४० लाखको बजेट प्रस्तुत गर्नुभयो ।
बजेटले शिक्षा, स्वास्थ, पुर्वाधारलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गत वर्ष राप्ती गाउँपालिकाले कुल ६५ करोड २७ लाख २ हजार ९ सय बराबरको बजेट ल्याएको थियो । जसमा चालू तर्फ ४९ करोड २६ लाख ८६ हजार र पुँजीगत तर्फ १६ करोड १६ हजार प्रस्तुत गरेको थियोे ।
