सञ्चारकर्मीसँग सहकार्य गर्दै अपराध नियन्त्रणमा जुट्छौं : प्रहरी निरिक्षक न्यौपाने



सञ्चारकर्मीसँग सहकार्य गर्दै अपराध नियन्त्रणमा जुट्छौं : प्रहरी निरिक्षक न्यौपाने

भालुवाङ ११ असार । इलाका प्रहरी कार्यालय भालुवाङका नयाँ कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपानेले राप्ती क्षेत्रको समग्र शान्ति सुरक्षा कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

हालै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा राप्ती प्रेस मञ्च तथा क्रियाशील पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, लागुऔषध दुर्व्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, लमही–भालुवाङ सडक खण्डमा टाइम कार्ड प्रणाली लागू गर्नुपर्ने आवश्यकता, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण, राप्ती नदी दोहन रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनका विषयमा सुझावसहित ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल, अध्यक्ष अर्जुनकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बलराम शाही (भिसुन), महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह–कोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पौडेल र मोतीराम भट्टराई, सल्लाहकारहरू बासुदेव न्यौपाने र जमिर शाह तथा पूर्व कार्यसमिति सदस्य ईराधा झार्की मगर लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे