प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा : पुन मानसिङ विश्वकर्मा



प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा : पुन मानसिङ विश्वकर्मा

भालुवाङ ९ मंसिर । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा पुन रोल्पाका मानसिङ बिश्वकमा सर्वसहमतीले चयन भएका छन् । बिहिवार दाङ देउखुरीको राप्ती गाउँपालिकामा सेन्टरको दोस्रो सम्मेलनको बन्दसत्रले विश्वकर्माको अध्यक्षमा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । विश्वकर्मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक हुन् ।

जसको वरिष्ठ उपाध्यक्षमा रुद्रहरि कवर, खुला उपाध्यक्षमा प्रदीप वाग्ले, समाबेशी उपाध्यक्षमा प्रकाश चौधरी, प्रमुख सचिबमा भुपेन्द्र ओली, खुला सचिबमा टीकाराम पोख्रेल, खुला सचिबमा दिबाकर पोख्रेल, खुला सचिबमा गणेश पाण्डे, महिला सचिबमा भावना सुवेदी, जनजाति सचिबमा गजेन्द्र गुरुङ, दलित सचिबमा चिन्ताबहादुर दर्जी, मधेशी सचिबमा आलम खान, कोषाध्यक्षमा मनिष कार्की, लेखा समिती संयोजकमा शीतल थापा, अनुशासन समिति सदस्यमा माया केसी रहेका छन् ।

त्यसैगरी प्रदेश सदस्यहरूमा खुविना सुनारीमगर, घनश्याम केसी, ज्ञानेन्द्र शर्मा, टेकम वली र लेखा समिति सदस्यमा विमलराज डाँगी चयन भएका छन।

सम्मेलनकाे अवसरमा लुम्बिनी प्रदेशबाट प्रेस काउन्सिलका पुर्व अध्यक्ष समेत रहेका नारायणप्रसाद शर्मा, नरेन्द्रजंग पीटर, गाेबिन्द आचार्य, मौसम राेका, अजयदिप शर्मा र चेतलाल कवँरलाई सम्मान गरिएकाे थियाे । सम्मेलनको नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले उदघाटन गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे