अपांगता भएकालाई राजनितिक अधिकार तथा पहुँचयुक्त निर्वाचन प्रणाली आवश्यक
भालुवाङ १३ कार्तिक । नेत्रहीन युवा संघ शाखा सुर्खेतको आयोजनामा अपांगता भएका ब्यक्तिहरुको राजनितिक अधिकार तथा पहुजयुक्त निर्वाचन प्रणालि सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रम शुक्रबार प्रदेश निर्वाचन कार्यालयकाे सभाहल सुर्खेतमा सम्पन भएको छ ।
युवा संघका अध्यक्ष सेरबहादुर ओलीकाे अध्यक्षता एवम् प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा सहभागी अपांगहरूले मतदाता नामावली दर्ता फाराममा १० वटै अपांगता वर्ग खुलाउनु पर्ने, ईलेक्ट्रोनिक भोटिङ मेसपन प्रयाेगमा ल्याउनु पर्ने, हरेक निर्वाचन स्लथमा अपागमैत्री हेल्प डेक्स हुनुपर्ने, मतदाता शिक्षा सामग्री अपांग मैत्री हुनुपर्ने, मतदाता शिक्षामा स्वयम् अपांगता भएका ब्यक्तिलाई परिचालन गर्नुपर्ने, अपांगता भएका ब्यक्तिले आफुले चाहेको सहयोगीबाट मतदान गर्न पाउने ब्यबस्था हुनुपर्ने लगायतका माग राख्नुका साथै सवाल समेत गरेका थिए ।
उक्त सवालको जवाफ दिदै प्रदेश निर्वाचन अधिकारी चालिसेले हामी अपांगताका मुदामा सधै गंम्भीर भएको र आफू कहाँ आएका स्वालहरुलाई केन्द्र सम्म पुर्याउने र दबाब दिने प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यस्तै सस्थाका अध्यक्ष वलीले उठेका स्वाललाई कार्यान्वयन गर्नका लागि आयोगलाई पुर्णरुपमा सहयोग र साथ दिने बताए ।
संघकी कोषाध्यक्ष सम्झना बडुवालको स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा १८ जना अपांगता भएका ब्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमकाे सञ्चालन नेत्रहिन युवा संघका फिल्ड अधिकृत बसन्त जैसीले गरेका थिए ।