एमाले दाङले विजौरी हत्याकाण्डका सहिदहरुको स्मृतीमा कार्यक्रम गर्ने



एमाले दाङले विजौरी हत्याकाण्डका सहिदहरुको स्मृतीमा कार्यक्रम गर्ने


दाङ १३ कार्तिक । नेकपा एमाले दाङले कार्तिक १७ गते शहदि स्मृती दिवसको आयोजना गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित शहिद पार्कमा २७ औं स्मृती दिवस आयोजना गर्न थालेको हो ।

नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का र सचिव मनोहर बुढाथोकीले एक विज्ञप्ती जारी गर्दै सहिद स्मृती दिवस कार्यक्रममा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता लगायत आम जनसमुदाय सबैमा अपिल गर्नु भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका स्थायी कमिटि सदस्य, लुम्बिनी प्रदेश ईञ्चार्ज तथा लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेल आउने कार्यक्रम रहेको छ । २०५१ सालमा आह्वान गरिएको मध्यावधि निर्वाचनको क्रममा विजौरीमा गोली लाग्दा पुष्प घिमिरे, नारायण चौधरी र कृष्ण चौधरीको मृत्यु भएको थियो ।

नेकपा एमाले दाङले विजौरी हत्याकाण्डमा सहिद हुनुभएका पुष्प, नारायण र कृष्णको स्मृतीमा कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे