नेपाल निजामती कर्मचारी युनियन राप्तीको अध्यक्षमा मंगलप्रसाद चौधरी निर्विरोध चयन



नेपाल निजामती कर्मचारी युनियन राप्तीको अध्यक्षमा मंगलप्रसाद चौधरी निर्विरोध चयन

भालुवाङ १३ कार्तिक । नेपाल निजामती कर्मचारी युनियन राप्ती गाउँपालिकाको अध्यक्षमा मंगलप्रसाद चौधरी निर्विरोध चयन भएका छन् ।

शनिवार सम्पन्न कर्मचारी युनियनको प्रथम भेलाले चौधरीलाई निर्विरोध चयन गरेको हो । कर्मचारी युनियन दाङ जिल्ला अध्यक्ष बामदेव शर्माको प्रमुख आथित्यतामा भएको भेलाले १३ सदस्यीय समिति निर्माण गरेको छ ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति बिद्याशरण चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत, वडा नम्बर ६ का बेदप्रसाद चौधरी, नेपाल निजामति कर्मचारी युनियन तथा ट्रेड युनियनका श्रीधर अधिकारी, रेश्मीराज अधिकारी, शरदकुमार घिमिरे, विजयराज जोशी, यमनारायण सापकोटा, ट्रेड युनियन कांग्रेसका भिम मरासिनी, नेपाली कांग्रेस राप्ती गाउँपालिका सचिव तिर्थराज ज्ञवाली लगायतको सहभागितामा १३ सदस्यीय समिति निर्माण गरिएको हो ।

राप्ती गाउँपालिका क्षेत्रमा रहेर विभिन्न शाखा, कार्यालय, चौकी, ईकाइमा कार्यरत निजामति कर्मचारीहरु, करार कर्मचारी, अस्थाई कर्मचारीहरुबाट समिति निर्माण गरिएको छ ।

सम्पन्न नेपाल निजामति कर्मचारी युनियनको राप्ती गाउँपालिकाको प्रथम भेलाले अध्यक्षमा मंगलप्रसाद चौधरी, उपाध्यक्षमा शेरबहादुर हमाल, सरिता चौधरी, सचिवमा बासुदेव खनाल, कोषाध्यक्षमा प्रदिप बैदिक खुल्ला सदस्यमा राजेन्द्र विक्रम चौधरी, मान बहादुर जीसी डम्मर जिसी महिला समाबेसीमा मुन्नी चौधरी,विमला चौधरी मधेसीमा बरसाती गडरीया र महिला सदस्यमा सन्तोषी चपाई, रमा पौडेललाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे