काठमाण्डौकाे बूढानीलकण्ठमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट



काठमाण्डौकाे बूढानीलकण्ठमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

काठमाण्डौ १३ कात्तिक । काठमाण्डौ बूढानीलकण्ठ नगरपालिका–४ मा रहेकाे एक घरमा आगलागी हुँदै १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद एक लाख ५० हजारसहित रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे