“संसदिय व्यवस्था असफल भैसक्यो, अव जनमत संग्रहबाट अघि बढ्नुु पर्छ : बिप्लब



“संसदिय व्यवस्था असफल भैसक्यो, अव जनमत संग्रहबाट अघि बढ्नुु पर्छ : बिप्लब

घोराही १३ कार्तिक । नेपाल कम्युुनिष्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द बिप्लबले संसदिय व्यवस्था असफल भैसकेको दावी गरेका छन् । पार्टीको युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार घोराहीमा उद्घाटन गर्दै महासचिब विप्लबले संसदिय व्यवस्थाले जनताको अधिकार स्थापित गर्ने भन्दा खोस्ने र नेताहरु मात्रै मोटाउने काम भएको दावी गरेका हुन् ।

अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुुपर्ने धारणा राख्दै त्यसो अबस्था आए आफुुहरु चुुनाबमा जाने स्पष्ट पारेकन छन् । राज्य सत्ता अहिले संकटपूर्ण अबस्थामा रहेको टिप्पणि गर्दै महासचिब विप्लबले न्यायलयमा समेत प्रश्न उठ्नु दुुर्भाग्यपूर्ण भएको जिकिर गरे । नेकपा एमाले, नेपाली कांग्रेस र माओबादी केन्द्र सत्तामा पुुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दावी गरे ।

भ्रष्टाचार, ढिलासुस्ती, घुुसखोरीमा सबै लिप्त भएको तर जनताको अधिकार र न्याय स्थापितमा ध्यान नदिदा अहिलेको व्यवस्था माथी प्रश्न गर्नुपर्ने बाध्यता आइपरेको उल्लेख गर्नुभयो । नेता बिप्लबले अमेरिकी सहयोग एमसिसी सहयोग लिन सकिने तर निस्वार्थ हुनुुपर्ने बताए ।

साथै महासचिब बिप्लबले सरकार सँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोश समेत व्यक्त गरे । तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारीता देखाउने समेत सरकारलाई उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे