दाङ शान्तिनगरका सुनील कतारको जेलमा, आफ्नो छोराको जीवन रक्षा गरिदिन परिवारको आग्रह



दाङ शान्तिनगरका सुनील कतारको जेलमा, आफ्नो छोराको जीवन रक्षा गरिदिन परिवारको आग्रह

दाङ ८ असोज । शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी टेक बहादुर केसीले आफ्नो छोराको जीवन रक्षा गरिदिन आग्रह गरेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा २२ वर्षीय छोरा सुनील केसी कतारमा गएका थिए।

उनी संगै काम गर्ने एक जना भारतीय नागरिक संग सामान्य विवाद हुँदा भारतीय नागरिकको मृत्यु भएको परिवार स्रोतले बताएको छ। मृतकका परिवारले १५ लाख भारतीय रुपैयाँ मागेको हुँदा आफूलाई आर्थिक सहयोग गरि छोराको जीवन बचाइदिन केसीले आग्रह गरेका छन् ।

कमाउन गएको छोरा साथी-साथी बिच सामान्य बिवाद हुदा अन्जानको गल्तीले छोरा जेल परेको केसीले बताएका छन। १० दिन भित्र नेपाली २४ लाख तिर्न नसके थप बढेर ६० लाख तिर्नु पर्ने बाध्यता रहेकोले सबै देश बिदेशमा रहनु भएका नेपाली दाजुभाईलाई सहयोग गरिदिन आग्रह गरेका छन ।

२०७८ साल बैशाख ६ गते घटना घटेको र हाल सम्म सुनील जेलमै रहेको उनले बताए । परिवारका अनुसार सुनील कतारमा रहेको होटल टेस्टी मन्थ्रामा सहायक कुकमा कार्यरत रहेका थिए ।

उनी २०७५ असोजमा कतार थिए । परिवारले नेपाल एसबिआई बैंक लिमिटेड तुलसीपुर दाङ शाखाको खाता नम्बर ४२०१५२४३४००११७ मा सहयोग गरिदिन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे