दाङमा ६ सय २७ वटा सहकारी संस्था मध्ये २७ वटा निष्किृय, मर्जको प्रक्रिया जारी



दाङमा ६ सय २७ वटा सहकारी संस्था मध्ये २७ वटा निष्किृय, मर्जको प्रक्रिया जारी

दाङ ८ असोज । दाङमा ६ सय २७ वटा सहकारी संस्था रहेका छन् । स्थानीय तहको मातहतमा आएदेखि जिल्लामा २७ वटा सहकारी निष्किृय रुपमा रहेको र ६ सय सक्रिय रुपमा संचालनमा रहेको लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुपबहादुर खत्रीले जानकारी दिए ।

सचिव खत्रीका अनुसार जिल्लामा अहिले सहकारी ‘मर्ज’ हुने क्रम जारी रहेको छ । ‘ऐनले एकीकरण गर । जहाँ सहकारी संस्था कम छ त्यहाँ खोल, धेरै भएको ठाउँमा संस्थालाई एकीकरण गर्न भनेपछि ‘मर्ज’ हुने क्रम जारी रहेको उनले भने ।’ सरकारले व्यवस्थापकिय क्षेत्रमा सहयोगी होस् भनेर संस्थालाई ‘मर्ज’ गर्नको लागि बाटो खुल्ला गरिदिएको सचिव खत्रीले बताएका छन् ।

त्यस्तै जिल्लामा गत आर्थिक वर्षमा देउखुरी क्षेत्रमा ४ वटा सहकारी संस्था ‘मर्ज’ भएर देउखुरी बचत ऋण सहकारी संस्था बनेको उनले बताए । यस आर्थिक वर्ष २०७८÷०७९ मा हाम्रो पहुँच सहकारी संस्था र सप्तरंगी सहकारी संस्था ‘मर्ज’ हुने प्रक्रियामै रहेको उनले बताए ।

साथै जिल्लामा बाँकी सहकारी संस्था मर्जका लागि छलफलमै रहेको उनको भनाइ छ । ‘संस्था एकीकरण गर्दा अरु संस्थाको व्यवस्थापकिय पातोलगायतको रोग एकीकृत भएको संस्थामा सर्ने होकी भन्ने पनि डर संचालकहरुलाई रहेको’ उनले भने ।

जिल्लामा संख्यात्मक हिसाबले सहकारी खोल्नुभन्दा पनि कामको प्रकृति, उद्देश्य एउटै र व्यवस्थापकिय खर्चको बचत हुन्छ भन्ने उद्देश्यले संस्थाहरु एकीकरण गर्नुपर्छ भन्ने मनस्थितीमा संस्थाहरु लागेको सचिव खत्रीले बताए ।

त्यस्तै जिल्लामा कृषि, बचत, बहुउद्देश्य र दुग्ध सहकारी संस्थाहरु ‘मर्ज’ हुन लागेको उनको भनाइ छ । कृषि, बचत, बहुउद्देश्य र दुग्ध सहकारी एकीकरण गरेर एउटै प्रकृतिको बनाउछौं, अथवा यसलाई परिवर्तन गरेर कृषिबाट उपभोक्ता तर्फ जान्छौं भनेर संयुक्त साधारण सभाले अनुमोदन गरेको खण्डमा उद्देश्य परिवर्तन गर्न पाउने प्रावधान रहेको खत्रीले बताए ।

साथै उनले सहकारीले को–कोसंग एकीकरण गर्ने भन्ने निश्चित संस्था नतोकिएकोले जुन सुकै संस्थाले आफूसंग मिल्ने सहकारी संस्थासंग एकीकरण गर्न सक्ने उनले बताए । लुम्बिनी प्रदेश सहकारी संघका सचिव खत्रीका अनुसार जिल्लामा सहकारी संस्था तीन प्रकारले खोलिएका छन् ।

‘प्रथममा सहकारी संस्था खोल्नेले नियम कानुन सबै बुझेका छन्, अर्को लहैलहैमा खोलेका र अर्को वित्तिय नाफाका लागि खोलेका संस्थाहरु छन्’, उनले भने ।साथै जिल्लामा गत आर्थिक वर्षमा देउखुरी क्षेत्रका दुई वटा सहकारी संस्था हरियाली र महाप्रभुले सरकारबाट ‘ब्राण्डिंग’ पाएको बताए ।

तुलसीपुर क्षेत्रमा भने सहयोगी र राप्ती विश्वासी सहकारी संस्थाले सरकारबाट ‘ब्राण्डींग’ प्राप्त गर्नका लागि प्रक्रियामै रहेको उनको भनाइ छ । त्यस्तै पछिल्लो समय जिल्लामा सहकारी संस्थाको अवस्था सुधारान्मुख रहेको बताए । जिल्लाका झोलामा रहेका सहकारी संस्था पनि व्यवस्थित तरिकाले व्यवस्थापनमा आउने प्रक्रियामै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे