दाङकाे घाेराहीमा एक लाख बढी नगद सहित १२ जना जुवाडे पक्राउ



दाङकाे घाेराहीमा एक लाख बढी नगद सहित १२ जना जुवाडे पक्राउ

दाङ ८ असोज । दाङमा जुवा खेलिरहेको अवस्थामा नगद सहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्धारी टोलमा रहेको परसरा नास्ता तथा खाजाघरबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ९ निवासी ३९ वर्षिय बालाराम बाठा, सोही गाउँपालिका १ निवासी ३२ वर्षिय नोखलाल गिरी, सोही ठाउँ निवासी २९ वर्षिय नारायण वली, वडा नं. ५ निवासी २० वर्षिय विराज कंवर, वडा नं. ९ निवासी ३३ वर्षिइ जोद बहादुर कंवर, ३७ वर्षिय पुर्ण बहादुर कंवर, वडा नं. १ निवासी ३१ वर्षिय गजेभान वली, ४३ वर्षिय कोच बहादुर वली, वडा नं. ९ निवासी ५५ वर्षिय परसरा भण्डारी, वडा नं. २ निवासी ५७ वर्षिय बल बहादुर बुढा, २१ वर्षिय सुरेश कंवर र वडा नंं. ९ निवासी दुर्गा बहादुर कंवर पक्राउ परेका छन् ।

प्रक्राउ परेका विरुद्ध मुलुकी अपराध सहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिना सम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्ष सम्म कैद र पँचास हजार रुपैँया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे