दाङकाे दंगीशरणमा छाडा र घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप अभियान सम्पन्न



दाङकाे दंगीशरणमा छाडा र घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप अभियान सम्पन्न

दंगीशरण ८ असोज । दंगीशरण गाउँपालिकामाआज रेविज विरुद्धको खोप लगाईएको छ । नेपाल स्काउट दंगीशरणको आयोजना तथा पशु सेवा शाखा दंगीशरणको ब्यवस्थापनमा छाडा र घर पालुवा कुकुरलाई रेविज विरुद्धको खोप लगाईको हो ।

छाडा कुकुर हरुमा रेविज रोगको संक्रमण देखा पर्न थालेपछि खोप लगाउँने अभियान संचालन गरिएको नेपाल स्काउट दंगीशरणका संयोजक दुर्गा वलीले बताए । दंगीशरण गाउँपालिकाको १,२, ५, ६ र ७ वडामा पुगेर पशु सेवा शाखाका प्रमुख हितराम चौधरी, दामोदर आचार्य, नेपाल स्काउट दंगीशरणका सदस्यहरु वडाको टोल टोलमा पुगेर भ्याक्सीन लगाउने कार्य गरेका हुन् ।

बाकिँ ३ र ४ न. वडामा लगाउँन छुटेकाले पशु सेवा शाखामा सम्पर्क गरी रेविजभ्याक्सिन लगाउँन पशु सेवा शाखाले आग्रह गरेको छ । आज घर पालुवा र छाडा गरी ७० वटा कुकुर, ३ वटा बिरालो र १ वटा घर पालुवाबादरलाई रेविज भ्याक्सीन लगाईएको हो ।

दंगीशरणमा संक्रमण फैलन’भन्दा अघि नै सर्तकता अपनाउँनका लागि पशु सेवा शाखा संग सहकार्य गरी यस खालको कार्यक्रम आयोजना गरीएको नेपाल स्काउट दंगीशरणले जनाएको छ । खोप अभियानकार्यक्रममा वडाका वडा अध्यक्षहरु, नेपाल स्काउट दंगीशरणका सदस्यहरुको को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे