दाङकाे तुलसीपुरमा हुने वन अधिकार सम्मेलनको तयारी पुरा



दाङकाे तुलसीपुरमा हुने वन अधिकार सम्मेलनको तयारी पुरा

तुलसीपुर ८ असोज । दाङको तुलसीपुरमा हुने सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन अधिकार सम्मेलनको तयारी पुरा गरेको  छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर वन महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले असोज ८ देदि ९ गतेसम्म संचालन हुने सम्मेलनको तयारी पुरा भएको जानकारी दिएकी हुन् ।

तुलसीपुर उद्योगबाणिज्य संघको सभाहलमा ११ बजे हुने उद्घाटन कार्यक्रममा १५ सय बढी उपभोक्ता र देशभरबाट करिब एक सय बढी प्रतिनिधिको सहभागीता रहने अध्यक्ष पाठकले जानकारी दिएकी छन । वनअधिकार सम्मेलनलाई सम्बोधन गर्न नगरपालिका संघका केन्द्रीय अध्यक्ष असोक बेञ्जु श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नागरिक समाजका अगुवा आउने कार्यक्रम रहेको छ ।

वन अधिकार सम्मेलनपछि असोज १० गते दाङ घोषणापत्र जारी गर्दै कार्यक्रम सकिने छ । वन अधिकार सम्मेलनमा, सामुदायिक वन माथि समुदायको अधिकार, राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रले पारेको प्रभाव र आगामी रणनीतिका विषयमा व्यापक छलफल गरिने आयोजकले बताएको छ । कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डले जनताले हुर्काएको वनलाई खोसेर सरकारले सैनिकका जिम्मा लगाउन खोजको बताए । “जनता गैडा, बाघ र जैविक विविधता विरोधी हैनन् । तर सरकारले वन्यजन्तु बचाउने नाममा वनलाई सैनिकका जिम्मा लगाएर सैनिकीकरण गर्न खोज्दैछ,” नगर प्रमुख पाण्डेले भन्नुभयो–“ यो लोकतन्त्र र संविधान बिरोधी काम हो ।”

स्थानीय वन महासंघका तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, पारिवारीक निजी वन संघका केन्द्रीय उपाध्यक्ष मेघराज भुसाल, ग्रिन फाउण्डेसन दाङका अध्यक्ष विष्णु केसी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजी करण पत्रकार ओपेन्द्र बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे