राष्ट्रपतिद्वारा विनियाेजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे



राष्ट्रपतिद्वारा विनियाेजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

काठमाण्डाै ७ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रमाणीकरण गरेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक २०७८ संविधानकाे धारा ११३ काे उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् । विनियाेजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटाे खुलेकाे छ ।

यसअघि सरकारले ल्याएकाे बजेट पास नभएकाले गएको ३० गते रातिदेखि सरकार खर्च गर्न नपाउने अवस्थामा पुगेकाे थियाे। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेर पार्टी फुटाउने षड्यन्त्र गरेको र एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विरोध गरेपछि बजेट प्रभावित भएको थियाे ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अस्वीकार गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे