जन्म दिनमा क्रान्तिकारीका जिल्ला अध्यक्ष अधिकारीद्धारा निलसागरमा नगद सहयाेग



जन्म दिनमा क्रान्तिकारीका जिल्ला अध्यक्ष अधिकारीद्धारा निलसागरमा नगद सहयाेग

देउखुरी ७ असाेज । अखिल क्रान्तिकारी दाङ जिल्ला अध्यक्ष कल्याण अधिकारीले जन्मदिनकाे अवसरमा श्रममा सहयाेग गरेका छन् । जन्मदिन मनाउने नाममा गरिने फजुल खर्चले कुनै उपलब्धि नहुने भन्दै अधिकारीले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेकाे निलसागर सेवा श्रममा पुगेर सहयाेग गरेका छन् । अखिल क्रान्तिकारी दाङका अध्यक्ष अधिकारीले श्रममा नगद १० हजार ५ रुपैयाँ नगद सहयाेग गरेकाे श्रम प्रशासनले जानकारी दिएकाे छ ।

सामाजिक क्षेत्रमा युवाकाे कषर्ण बढाउन उत्पेरित गर्न र जन्मदिनमा गरिने अनावश्यक खर्च नगर्न बरु सहयाेग सामाजिक क्षेत्रमा लगानी गर्न समेत बिद्यार्थीलाई ग्रह गरे । अधिकारी बिगतका जन्माेत्सवमा समेत यसरी नै सहयाेग गर्दै आएका छन्  ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे