लेनदेन मुद्दाका फरार प्रतिवादी महिला प्रकाउ



लेनदेन  मुद्दाका  फरार प्रतिवादी महिला प्रकाउ

दाङ ७ असाेज । दाङ प्रहरीले लेनदेन मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ । २०७७ साल मंसिरको २३ गते दाङ देउखुरी जिल्ला अदालतले एक वर्षको कैद सजाय फैसला भैइ हाल सम्म फरार रहेकी घोराही उपमहानगरपालिका १० झारगैरा निवासी ३६ वर्षिय शारदा शाहलाई आज बिहिबार बिहान सवा १० बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।

प्रहरीले शाहलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे