दाङकाे तुलसीपुरमा बाैलाहा कुकुरको आंताक, कुकुरकाे टोकाईबाट एक दर्जन सर्वसाधारण घाइते



दाङकाे तुलसीपुरमा बाैलाहा कुकुरको आंताक,  कुकुरकाे टोकाईबाट एक दर्जन सर्वसाधारण घाइते

तुलसीपुर २६ भदौ । तुलसीपुर उपमहानगरपालिकाले उपचार सेवादेखि इमोग्लोविन खोप निशुल्क उपलब्ध गराउने भएको छ । बिहिबार बौलाहा कुकुरको टोकाईबाट एक दर्जन सर्वसाधारण र पशुचौपाया घाइते भएपछि शुक्रबार बसेको आकस्मिक बैठकले उपचारमा सहजता ल्याउन उपचारदेखि खोपसम्मको व्यवस्था निशुल्क रुपमा गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपाालिका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले तत्काल २० डोज इमोग्लोविन खोप खरिद गर्ने, अस्पतालसम्म जानका लागि यातायातको व्यवस्था गर्ने, बौलाहा कुकुर, छाडा पशुचौपायको व्यवस्थापन गर्ने, घरमा पालेका कुकुरहरुलाई छाडा नछोड्न नगरबासीलाई अपील गर्ने र सजगता अपनाउन गाउँगाउँमा माइकीङ गर्ने निर्णय गरेको छ । निशुल्क उपचार सेवाका लागि सम्बन्धित वडा, पशु शाखा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नुपर्ने छ ।

बजारमा बिरलै मात्रामा पाइने खोपको थोक मूल्य प्रतिखोप करिब १० हजार पर्छ । शुक्रबार भारतको रुपैडिहाबाट ५८ हजारमा ६ वटा इमोग्लोविन खोप मगाएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिनुभयो ।इमोग्लोविन खोप जटिल प्रकृतिका घाइतेलाई दिने गरिन्छ भने रेबिज सुई सामान्य प्रकृतिकालाई दिने गरिन्छ । टाउको, अनुहार, घाँटी वा टाउकाको नजिकमा टोकेमा यो खोप दिने गरिन्छ । रेबिज सुई भने राप्ती प्रादेशिक अस्पतालमा प्रयाप्त मात्रामा रहेको छ ।

बैठकमा तुलसीपुर उपमहानगरपालिका विपत व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज गौतम, वातावरण शाखा प्रमुख काजु शर्मा, तुलसीपुर उपमहानगरपालिका–२ का वडाध्यक्ष राजु आचार्य, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल, पशु चिकित्सक डा. मनोज वली, ईलाका प्रशासन कार्यालय तुलसीपुरका जोखिम वली, सूचना अधिकारी बाबुराम न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

बिहीबार तुलसीपुर उपमहागनरपालिका–२ र ८ नम्बर वडामा १३ जनालाई बौलाहाकुकुरले टोकेको थियो । बौलाहा कुकुरको टोकाईबाट। घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निबासी २६ बर्षकी दिलमाया नेपाली, ३५ब बर्षकी कुमारी विक, २४ बर्षका प्रेम चौधरी, कुमालगडी निबासी २५ बर्षका छाँया वली, ४५ बर्षका मदन चौधरी रहेका छन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका –८ अश्वारा निबासी ७६ बर्षका नन्दकुमार आचार्य, १० बर्षकी कुशुम परियार, ७ बर्षकी तुलसी परियार, ५० बर्षका शिवराज भण्डारी , १७ बर्षकी मिना केसी, २८ बर्षकी बन्दना सेन ठकुरी र २१ बर्षका विवेक वली, शिवा आचार्य घाईते रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । कुकुरले बढी टोकेका कारण र टाँका लगाउन नमिल्ने भएकालाई रेबिज सुईले मात्र काम नगर्ने भएकाले इमोग्लोविन भ्याक्सीन लगाउन काठमान्डौ रिफर गरिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख डा. विनोद सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे