मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपालले बङ्गलादेशलाई २–१ गाेलले हरायाे



मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपालले बङ्गलादेशलाई २–१ गाेलले हरायाे

काठमाण्डाै २४ भदाै । बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा नेपाल विजयी भएकाे छ । नेपालले बङ्गलादेशलाई दुई–एककाे गाेल अन्तरले हरायाे । नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गाेल गरे । सविताले खेलकाे १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गाेल गरिन् ।

पहिलाे हाफमा नेपाल दुई–शून्यले अघि थियाे । तर खेलकाे दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गर्‍याे । उसका लागि खेलकाे ८३ औँ मिनेटमा थोउरा खातुनले गाेल गरिन् । एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदाे आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे