एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता



एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता

काठमाडौं २४ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको एक नेताले जानकारी दिए । उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे