एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : पहिले सरकारको धारणा आओस्



एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : पहिले सरकारको धारणा आओस्

काठमाडौं २४ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् ।

बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् । ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । अहिले एमसीसी सम्झौताका विषयमा आफूहरुको भन्दा सत्तारुढ दलको भूमिका महत्वपूर्ण हुने ओलीले बताएका थिए ।

ओलीले एमसीसी सम्झौताका विषयमा सरकारले आफूहरुसँग छलफल पनि नगरेको बताएका भट्टराईले जानकारी दिए । उनले अहिले सरकारसँग आवश्यक बहुमत भएका कारण एमसीसी सम्झौता पारित गर्न एमालेको सहयोग नचाहिने पनि बताएका भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे