दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २३ भदाै । दाङमा आज थप ६ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १८ जनाको पिसिआर जाँच गर्दा ३ जना महिला र ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

आज संक्रमण हुनेहरुमा घोराहीका ३ जना, लमहिका २ र गढवाका एक जना रहेका छन् । त्यस्तै वितेको २४ घण्टामा दाङमा कोरोना मुक्त हुनेको संख्या शूल्य रहेको छ भने बैशाखयता जिल्लामा ८ हजार ६ सय ७६ जना निको भएका छन ।

दाङमा अहिले कोरोनाका सकृय बिरामीको संख्या ६८ जना रहेको छ । ति मध्य घरमा ५८ जना, ५ जना आईसियूमा र अक्सिजन सहितको उपचारमा ५ जना रहेको केन्द्रले जनाएको छ । दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ५७ जना पुगेको छ भने २ सय १२जनाको मृत्युु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे