राप्ती गाउँपालिकाले साक्षरता दिवस मनायो, करिव ७ प्रतिशत नागरिक अझै निरिक्षण



राप्ती गाउँपालिकाले साक्षरता दिवस मनायो, करिव ७ प्रतिशत नागरिक अझै निरिक्षण

मसुरीया २३ भदौ । दाङको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाएको छ । दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक, प्रअ, कर्मचारी र उत्कृष्ट विद्यालयलाई सम्मान गरेको छ ।

सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख अतिथ्यता तथा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको हो । कर्यक्रममा उत्कृष्ट कविता बाचन, उत्कृष्ट निबन्ध, उत्कृष्ट लोकनृत्य प्रस्तुतिकरणका विजेतालाई पुरस्कार वितरण समेत गरिएको छ ।

गाउँपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शैक्षिक सत्र २०७७ मा विषयगत उत्कृष्टता प्राप्त गर्ने शिक्षकहरु ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवाका सामाजिक शिक्षक मंगप्रसाद चौधरी, शंकर माध्यामिक विद्यालय पिपरीका अंग्रेजी शिक्षक रामकुमार चौधरी, बाल प्रगती प्राथमिक विद्यालय तल्लो घोसखोलाकी विज्ञान शिक्षिका सरिता भट्टराई, ज्योती आधारभूत विद्यालय नयाँगाउँका गणित शिक्षक कुलराज जैसी र आदर्श माध्यामिक विद्यालय लालमटियाकी नेपाली शिक्षिका दया भण्डारीलाई सम्मान गरिएको छ ।

यसै गरि माध्यमिक विद्यालय मौरीघाटका सामाजिक शिक्षक तुलसीरामका सुवेदी, माध्यमिक विद्यालय मौरीघाटका विज्ञान शिक्षक केशवराज आचार्य, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका नेपाली शिक्षक गोपाल पौडेल, माध्यमिक विद्यालय मौरीघाटकी गणित शिक्षक सन्तोष कुमार नेपाली र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङकी अंग्रेजी शिक्षिका बालिका न्यौपानेलाई सम्मान गरिएको छ ।

गाउँपालिकाले अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर माध्यमिक तह कक्षा ९ र १० का शिक्षक सर्वोदय माध्यमिक विद्यालय सिसहनियाका गणेशप्रसाद शर्मा, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका मनोजकुमार चौधरी, ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवाका विष्णुप्रसाद चौधरी, माध्यमिक विद्यालय मौरीघाटका गणित शिक्षक शिवप्रसाद भुसाल, सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँका देउकुमार वली र अंग्रेजी शिक्षक रमेश कंडेललाई सम्मान गरिएको छ ।

शैक्षिक सत्र २०७७ मा राप्ती गाउँपालिका क्षेत्र भित्रबाट उत्कृष्ट छनौट हुने विद्यालय कर्मचारी तर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङका विद्यालय कर्मचारी विधानचन्द्र अधिकारी र श्री दुर्गाभवानी आधारभूत विद्यालय मसुरियाकी बालविकास सहयोगी कार्यकता मैनावती चौधरीलाई सम्मन गरिएको छ ।

राप्ती गाउँपालिकाको उत्कृष्ट विद्यालयहरुमा सामुदायिक तर्फ आदर्श माध्यमिक विद्यालय लालमटिया र संस्थागत तर्फ सिरिनभ्याली पब्लिक स्कूल मौरीघाटले नगद तथा सम्मान पत्र प्राप्त गरेको छ । उत्कृष्ट प्रधानाध्यापक तर्फ सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालय लालमटियाका किरण पोख्रेल र संस्थागत विद्यालय तर्फ सिरिनभ्याली पब्लिक स्कूलका खिमबहादुर केसी उत्कृष्ट भएका छन् ।

गाउँपालिका स्तरिय विद्यार्थी प्रतिभा पहिचान अन्तरगत निवन्ध प्रतियोगितामा ज्ञानोदय मावि पत्थरगढवाका विवेक चौधरी प्रथम, आदर्श मावि लालमटियाका निरज केसी द्धितीय, नेपाल राष्ट्रिय मावि भालुवाङकी गौमती घर्तीमगर र सिरिनभ्याली पब्लिक स्कूल मौरीघाटकी मेलिना थापा तृतीय भएका छन् ।

कविता प्रतियोगिता तर्फ नेपाल राष्ट्रिय मावि भालुवाङ की गौमती घर्तीमगर प्रथम, लिटिल एञ्जल स्कूल राप्ती भालुवाङका कृष्ण पाण्डे द्धितीय र नेपाल राष्ट्रिय मावि भालुवाङ का मुकुन्द्रराज रोका तृतीय भएका छन् । चित्रकला तर्फ आदर्श मावि लालमटियाका शिशिर रानामगर प्रथम, रिभर राप्ती बोर्डिङ स्कूल भालुवाङकी मनिषा पुन द्धितीय र मार्टिन ऐकेडेमी पत्थरगढवाकी निप्रियू चौधरीले तृतीय स्थान हासील गरेका छन् ।

लोक नृत्य तर्फ मुनलाइट बोर्डिङ् स्कूल लालमटियाकी प्रतिष्ठा केसी प्रथम, नेपाल राष्ट्रिय मावि भालुवाङकी लिला पुन मगर, पुर्णिमा केसी, सुस्मिता राना, सुस्मिता खड्का, प्रेरणा मगर, पवित्रा मगरको टिम द्धितीय र शंकर माध्यामिक विद्यालय पिपरीकी इन्सा चौधरीले तृतीय स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, पुरस्कृत मध्ये प्रधानाध्यापक किरण पोख्रेल, पुरस्कृत संस्थागत विद्यालयका ब्यवस्थापन समितिको तर्फवाट प्रकाश विष्टले साक्षरता दिवसको आवश्यकता, अवस्था तथा आगामी योजनाका बारेमा आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । यसै बिच राप्ती गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेपनि अहिले करिव ७ प्रतिशत नागरिक निरिक्षण रहेको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत बासुदेव खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे