दाङमा बुधबार थप ६ जनामा संक्रमण कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त



दाङमा बुधबार थप ६ जनामा संक्रमण कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त

दाङ १६ भदौ । दाङमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको दरमा ओरालो लागेको छ । जिल्लामा आज बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर परिक्षण गर्दा ४ जना महिला र २ जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार संक्रमण पुष्टि हुनेमा तुलसीपुरका ३ जना, बबईका २ जना र घोराहीका १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै जिल्लामा आज थयिएकासँगै सक्रिय संक्रमितको संख्या १ सय ८ जना पुगेको छ । जसमध्यबाट होमआइसोलेसनमा ९४ जना, अक्सिजन सहितको उपचारमा २ जना र १२ जना आईसियूमा उपचाररत छन् ।

त्यस्तै बुधबार जिल्लामा १५ जना संक्रमण मुक्त भएका छन् । बुधबार संक्रमण मुक्त हुनेमा घोराहीका १० जना, लमही र तुलसीपुरका २/२ जना र बबईका एक जना रहेको छन् ।

त्यस्तै बैशाख यता जिल्लामा आज थपिएकासहित गरी कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय १६ जना पुगेको छ । जसमध्य ८ हजार ५ सय ९८ जना निको भएका छ भने २ सय ११ जनाको मृत्यु भएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे