महिला हिंसा र बालबालिका बलत्कार घटनामा आधारित सुष्मा ठकुरीको तिज कोशेली ‘सानी’ बजारमा



महिला हिंसा र बालबालिका बलत्कार घटनामा आधारित सुष्मा ठकुरीको तिज कोशेली ‘सानी’ बजारमा

काठमाडौं १५ भदाै । लोकदोहोरी च्याम्पियनमा प्रतिपर्धा गरिरहेका सुष्मा ठकुरी दोहोरीको खेलबाट बाहिरिए पनि यतिबेला भने फरकपनमा आफूलाई प्रस्तुत गर्न सफल भएकी छन् । मुलुकभित्र भएका बालबालिका बलत्कारका घटनालाई केन्द्रविन्दूमा राखेर उनले तिजको अवसरमा नयाँ गीत लिएर आएकी छन् ।

समाजमा छोरीप्रतिको विभेदसँगै छोरीहरु मार्ने र अधिकार नपाउने काम भइरहेको विषयलाई उनले गीतमार्फत उतारेकी छन् । नयाँ तिज गीत ‘सानी’ मार्फत उनले समाजमा छोरीहरुको अधिकार स्थापित गर्न सकिने एउटा सांगीतिक अभियान भएको समेत बताएकी छन् ।  सुष्मा ठकुरीको शब्दमा अर्जुन सापकोटाले तयार पारेको संगीतमा शर्मिला गुरुङ, सुष्मा ठकुरी र अर्जुन सापकोटाको आवाजमा रहेको यो गीतले समाजको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ ।

यस गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका छन् । यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की, सुष्मा ठकुरी, प्रज्ज्वल मल्ल, हरि थापा, खेम बा, गोमा न्यौपाने र बालकलाकार सुखुको अभिनय रहेको छ । सीता पराजुलको मेकअप रहेको यो भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

हेर्नुस् याे भिडियाे

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे