देशभर बुधबार थप २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त, २० जनाको मृत्यु



देशभर बुधबार थप २,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं १६ भदौ । देशभर बुधबार थप २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १२ पीसीआर परीक्षणमा १ हजार ६ सय ४८ र ४ हजार ३ सय २३ एन्टिजेन परीक्षणमा ४ सय ४ जना गरी २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार काठमाडौं उपत्यकामा ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४ सय ७१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय २ जना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका अनुसार बुधबार कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ३० रहेको छ भने २० जनाको मृत्यु भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६४ हजार २ सय ९५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७ सय ७० पुगेको छ भने ७ लाख १९ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय ८९ जना रहेका छन् । जसमध्ये ३१ हजार ८ सय १२जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५ सय ६३ जना आईसीयू र १ सय ७० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४ सय ७१, कास्कीमा २ सय ६२, ललितपुरमा १ सय ४६, भक्तपुरमा १ सय २ र झापामा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै मोरङमा ७२, सुनसरीमा ५२, रुपन्देहीमा ४६, नुवाकोटमा ३९, चितवनमा २९, मकवानपुरमा २८, स्याङजा र कैलालीमा २६/२६ जना, काभ्रेपलाञ्चोकमा २४, गोरखामा २०, बर्दियामा १७, दोलखा र सुर्खेतमा १२/१२ जना तथा सिरहा र बाँकेमा १०/१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे