नेकपा एमाले दाङले गर्याे मोसो दल्ने सर्जन र दिवसलाई कारबाही



नेकपा एमाले दाङले गर्याे मोसो दल्ने सर्जन र दिवसलाई कारबाही

घाेराही १२ भदौ । दाङकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनोद सिहंलाई कालोमोसो दल्ने एमाले भातृ संगठन अनेरास्ववियुका दाङ जिल्ला संयोजक सर्जन परियार र उप संयोजक दिवस क्षेत्रीलाई एमाले दाङले साधारण सदस्यता नरहने गरि कारबाही गरेको छ ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत र सचिब मनोहर बुढाथोकीले आज एक प्रेस बिज्ञपति जारी गरेर अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको साटो घृणित कार्यमा संलग्न भइ कानुन हातमा लिने परियार र दिवस क्षेत्रीलाई अनेरास्ववियु र पार्टीको जिम्मेवारीबाट हटाइएको र एमालेको साधारण सदस्यता समेत नरहने गरि कारबाही गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे