दाङमा पहिलो पटक डिससिमको नेट सूचारु



दाङमा पहिलो पटक डिससिमको नेट सूचारु

घोराही ११ भदौ । दाङमा पहिलो पटक डिससिमको नेट सूचारु भएको छ । केवल क्षेत्रमा नेपालमै सर्वाधिक लोकप्रिय डिससिमले ग्राहकहरुको मागलाई मध्यनजर गरी पहिलो चरणमा दाङलगायत नेपालका केही जिल्लामा फाइबर नेट सूचारु गरेको हो ।

पछिल्लो चरणमा नेट क्षेत्रलाई हरेक कामसँग जोडिएपछि यसको सेवा दिने कम्पनीहरु पनि बजारमा बढ्न थालेका छन् । ग्राहकहरुलाई गुणस्तरीय नेटसेवा प्रदान गर्ने उद्देश्यले सेवा बिस्तारमा अगाडी बढेको डिससिम फाइबर नेटको माग दाङमा पनि ह्वात्तै बढेको छ । नेट सेवा सुरु भएको दुईदिनमै सयौ ग्राहकले यो नेट जोडेका छन् भने हजारौ बुकिङ भएको छ ।

डिससिमको राप्ती अञ्चल बिक्रेता नमूना स्याटेलाईट सर्भिस प्रालि घोराही दाङले यसक्षेत्रमा डिससिमको फाइबर नेटको बिक्री जिम्मा लिएको छ ।
आउँदो दुईवर्षमा दशहजार ग्राहक बनाउने लक्ष्य लिइएको जानकारी दिँदै प्रालिका सञ्चालक राजभक्त रानाले गुणरीय सेवा दिने सवालमा आफूहरु प्रतिबद्ध रहेको बताए ।

फास्ट इन्टरनेट सेवा आफूहरुको लक्ष्य रहेकाले जथाभावि ग्राहक बनाउने भन्दा पनि गुणस्तरीय सेवामा जोड दिइने रानाको भनाइ छ । हाल डिससिमले अन्य सेवाप्रदायक संस्था भन्दा सेवाग्राहीलाई सुपथ मूल्यमा गुणस्तरीय नेट सेवा प्रदान गरिरहेको जानकारी दिँदै सञ्चालक रानाले पहिलो चरणमा नेट जोड्नेलाई टिभि सेवा निःशुल्क दिइरहेको बताए ।

कम्बो प्याकेज अन्तगर्त नेट जोड्नासाथ टिभि निःशुल्क सञ्चालन हुने भएकाले मौकाको फाइदा लिन रानाले सबैमा अनुरोध गर्नुभएको छ । हाल डिससिम फाइबर नेटले दाङमा १० देखि १ सय एम्बिबिएस नेट क्षमताको नेट सेवा प्रदान गरिरहेको छ । माग अनुसार पछि यसको क्षमता बढाउन सकिने नमूना स्याटेलाईट सर्भिस प्रालिका व्यवस्थापक रञ्जीत आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार प्रालिले राप्ती क्षेत्रमा एकलाख बढि डिसहोम र दुईहजार बढि सिमटिभिको ग्राहकलाई सेवा दिइरहेको छ । हाल घोराही–१५ शहिद उमेश मार्ग, नविल बैंक अगाडी प्रालिको कार्यालय रहेको छ । डिससिमको नेट जडान गर्नका लागि ०८२–५६०४८४, ५६३९४३, ९८५७८५६१५०, ९८४७९४०५५९ मा सम्पर्क पनि गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे