लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काे एक सातापछि परीक्षा सञ्चालन हुने



लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) काे एक सातापछि परीक्षा सञ्चालन हुने

काठमाडौं ११ भदौ। लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्ष सञ्चालन हुने भएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण रोकिएको लाइसेन्स परीक्षा तोकिएका मापदण्ड पूरा गरेर एक सातापछि सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

कोभिड जोखिम कायमै रहेका कारण निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने र यसका लागि लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय भइसकेको छ । विभागका अनुसार परीक्षार्थीहरुलाई ट्रायल हुने समय तोकि २४ घण्टाअगाडि जानकारी गराइने छ र तोलिएको समयमा उपस्थित नभए सो दिनमा अन्य सिफ्टमा समेत सामेल हुन पाइने छैन ।

परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी सामेत गराइने विभागद्वारा जारी मापदण्डमा उल्लेख छ । त्यस्तै परीक्षार्थीहरुले परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैंले गर्नुपर्ने छ । परीक्षा शुरु हुनुअघि १५ मिनेट अगाडि मात्रै उपस्थित हुनुपर्ने छ भने परीक्षार्थीको तापक्रम मापन गरेर परीक्षा हलमा प्रवेश गराइने विभागद्वारा जारी मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे