देशभर शुक्रबार थप ३,०४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, २,२४४ जना संक्रमण मुक्त, २६ जनाकाे मृत्यु



देशभर शुक्रबार थप ३,०४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, २,२४४ जना संक्रमण मुक्त, २६ जनाकाे मृत्यु

काठमाण्डाै ४ भदाै । देशभर शुक्रबार थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ३० जनाको पीसीआर र ७ हजार १ सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ५४ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

शुक्रबार  नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २३ प्रतिशतमा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । याे थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ ।

यस्तै शुक्रबार नै थप २ हजार २ सय ४४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । यही अवधिमा थप २६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

यो सहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४ सय ५५ पुगेको छ । अहिले नेपालमा ४० हजार ३ सय ९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे