दाङमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २० जना संक्रमण मुक्त



दाङमा शुक्रबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २० जना संक्रमण मुक्त

दाङ ४ भदौ । दाङमा शुक्रबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६५ जनामा गरिएको पिसिआर जाँचमा ९ जना महिला र ९ जना पुरुष गरि १८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ११ जना, तुलसीपुरका ४, लमहीका ३ जना रहेका छन् । आज कोरोना मुक्त हुनेको संख्या २० रहेको छ । त्यस्तै मुक्त हुनेमा घोराहीका १४ जना, तुलसीपुर र लमहीका २/२ जना बबई र राप्तीका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका १८ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ७५ जना पुगेको छ । ति मध्य एक सय ५९ जना घरमा, अक्सिजन सहितको उपचारमा ४ जना र आईसियूमा १२ जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे