दाङमा बुधबार कोरोना पुष्टि हुने र निको हुनेको संख्या बराबर



दाङमा बुधबार कोरोना पुष्टि हुने र निको हुनेको संख्या बराबर

घोराही २ भदौं । दाङमा बुधबार थप १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा ९ पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका १० जना, तुलसीपुरका ४ जना, र लमहीका २ जना, रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ७२ पुगेको छ । ति मध्य १ सय ५२ जना घरमा, अक्सिजन सहितको उपचारमा ९ जना र आईसियूमा ११ जना रहेका छन् ।

यस्तै दाङमा १६ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ३ जना, बबईका २ जना, लमही र दंगीशरणका एक÷एक जना रहेका छन् ।

आज थपिएका १६ जना सहित बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ७ सय ४३ जना रहेको छ भने ८ हजार ३ सय ६१ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय १० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे