देशभर बुधबार थप ३,४०३ जनामा काेराेना सङ्क्रमण पुष्टि, २,१०४ जना संक्रमण मुक्त, ४२ जनाकाे मृत्यु



देशभर बुधबार थप ३,४०३ जनामा काेराेना सङ्क्रमण पुष्टि, २,१०४ जना संक्रमण मुक्त, ४२ जनाकाे मृत्यु

काठमाण्डाै २ भदाै । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । बुधबार देशभर थप ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन गरी १६ हजार ८ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

बुधबार परीक्षणकाे २० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हाे । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १७ हजार ५ सय ३० पुगेकाे छ ।

यस्तै बुधबार २ हजार १ सय ४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार ए१ सय ७३ जना पुगेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३ सय ९६ पुगेको छ ।

कोरोनाका सङ्क्रमितमध्ये ७ सय ७० जनाको आईसीयू र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे