दाङमा आईतबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमण मुक्त



दाङमा आईतबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमण मुक्त

दाङ ३१ साउन । दाङमा आईतबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा गरिएको पिसिआर परिक्षणमा २७ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका २८ जना, तलुसीपुर र लमहीका ६÷६ जना र बबईका एक जना रहेका छन् । आईतबार थपिएका कोरोना संक्रमितसहित जिल्लामा अहिले सक्रिय संक्रमितकोसंख्या एक सय ६५ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । जसमध्यबाट होमआइसोलेसनमा १ सय ४७ जना, अक्सिजन सहितको उपचारमा १० जना र आईसियूमा ८ जना उपचाररत छन् ।

त्यस्तै आईतबार थप १९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । आईतबार कोरोना मुक्त हुनेहरुमा घोराहीका ११ जना, लमही र राप्तीका ३÷३ जना र तुलसीपुरका २ जना रहेका छन् । त्यस्तै जिल्लामा बैशाख यता कोरोना संक्रमण हुनेको संख्या ८ हजार ७ सय ५ जना पुगेको छ । जसमध्य ८ हजार ३ सय ३० जना निको भएका छन् भने २ सय १० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे