दाङकाे तुलसीपुरमा करेन्ट लाग्दा एक महिला गम्भीर घाईते



दाङकाे तुलसीपुरमा करेन्ट लाग्दा एक महिला गम्भीर घाईते

तुलसीपुर ३१ साउन ।  तुलसीपुरमा आज करेन्ट लाग्दा एक जना महिला गम्भीर घाईते भएकी छिन। तुलसीपुर उपमहानगरपालिका ८ नयाँबस्ती निवासी ५९ वर्षिया निमा केसीलाई करेन्ट लाग्दा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

उनलाई आईतवार दिउँसो साढे चार बजेतिर घरको टिनको छानाबाट पानी चुहिएको भन्दै हेर्न गएको बेला विद्युतको ‘मेन लाइन’को तारले छुदा करेन्ट लागेर गम्भिर घाईते भएकी हुन् ।   उनीलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रिफर गरिएको छ । उनको अनुहार,दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे