देशभर आईतबार थप २,२१२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,८६७ जना संक्रमण मुक्त, ३३ जनाकाे मृत्यु



देशभर आईतबार थप २,२१२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,८६७ जना संक्रमण मुक्त, ३३ जनाकाे मृत्यु

काठमाण्डाै ३१ साउन । देशभर आईतबार २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ८८ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टिजेन गरी १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आईतबार कुल परीक्षणको १८ दशमलव २७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे । आईतबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७ हजार ४ सय २ पुगेको छ ।

यस्तै आईतबार थप १ हजार ८ सय ६७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेकाे छ । यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार २ सय ९२ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार दुई सय ९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ५८ जनाको आईसीयू र एक सय ९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे