आवश्यकताका आधारमा भावी कार्यक्रमहरु संयुक्त रुपमा गर्ने राप्तीका तीन संस्थाको साझा निर्णय



आवश्यकताका आधारमा भावी कार्यक्रमहरु संयुक्त रुपमा गर्ने राप्तीका तीन संस्थाको साझा निर्णय

भालुवाङ ३० साउन । ग्लोबल युथ क्लव, आशाका किरण र मिलाप कृषि सहकारी संस्थाको संयुक्त बैठक तथा समिक्षात्मक कार्यक्रम शनिवार राप्ती गाउँपालिका ४ मौरीघाटमा सम्पन्न भएको छ । ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कडेलको अध्यक्षतामा बसेको बैठकले गत साउन २८ गते मनाइएको अन्तराष्ट्रिय युवा दिवस कार्यक्रम समग्रमा सौहार्दपुर्ण वातावारणमा सम्पन्न भएको निश्कर्ष निकालेको छ ।त्यसैगरी बैठकले आगामी कार्यक्रम गर्दा तीन वटा संस्थाहरुको विषय र क्षेत्र मिलेमा आवश्यकताका आधारमा संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्ने, तत्काल गाउँपालिका सँग समन्वय गरी राप्ती गाउँपालिका क्षेत्रमा मास्क अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । त्यसै गरी बैठकले युवा दिवसको खर्च समेत अनुमोदन गरेको छ ।बैठकमा आशाका किरण संस्थाका कार्यवाहक अध्यक्ष अशोक बेल्वासे, सोही संस्थाका सचिव विमल राना मगर, ग्लोबल युथ क्लवका सल्लाहकार सन्तोषकुमार गुप्ता, मिलाप कृषि सहकारी संस्थाका कार्यक्रम संयोजक अनु चौधरी, सोही संस्थाका शान्ति सामुदायिक सहजकर्ता दलबहादुर घर्ती, ग्लोबल युथ क्लवका सदस्य हेमराज अधिकारी लगायतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण ग्लोबल युथ क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे