देउखुरीको भालुवाङमा शनिवार देखि निशुल्क आँखा उपचार सेवा सुरु



देउखुरीको भालुवाङमा शनिवार देखि निशुल्क आँखा उपचार सेवा सुरु
भालुवाङ ३० साउन । देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा शनिबार देखि निशुल्क आँखा उपचार सेवा सुरु भएको छ । लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा प्रत्येक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सुरु गरिएको हो ।
लमही स्थीत नेपाल नेत्रजोती संघ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने ब्यवस्था मिलाईएको वडा नं १ का वडाध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । निःशुल्क आँखा उपचार सेवा हरेक महिनाको अन्तिम शनिवार राप्ती गाउँपालिका वडा नं १ को कार्यालयमा गरिने भएको छ ।
राप्ती गाउँपालिकाको सहकार्यमा सुरु भएको आँखा उपचार सेवा लिन आएका सेवा ग्राहीहरु लमो समय पछि आफ्नै घर आँगनमा निशुल्क आँखा उपचार सेवा लिन पाउँदा स्थानीयबासी निकै खुसी भएका छन् । शनिबार पहिलो दिन मै १ सय १७ जना बिरामीले सेवा लिएका छन् ।
जसमा १ जनामा जलबिन्दु फेला परेको छ भने अधिकांश बिरामीलाई चश्मा लगाउनु पर्ने देखिएको, ७ जनामा मोतीविन्दु परेको र आँखा चिलाउने बिजाउने समस्या रहेको लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिए ।

शिविरमा निशुल्क आँखा जाँच बाहेक औषधी र चश्मामा भने शुल्क लाग्ने बताइएको छ । शिविरमा लमही आँखा अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरी, नेत्र सहायक विमल घिमिरे, आपुर्ती व्यवस्थापक मिना थापाले सेवा दिएका छन् ।

यसैबीच महिनाको अन्तिम शनिवारको दिन पारेर राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले निःशुल्क आँखा उपचार सेवाकाे उद्घाटन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे