देउखुरीकाे लमही-भालुवाङ सडक खण्ड मृत्यु मार्ग बन्दै



देउखुरीकाे लमही-भालुवाङ सडक खण्ड मृत्यु मार्ग बन्दै

भालुवाङ ३० साउन । पूर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने दाङको लमही-भालुjfङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आएपनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दुरदसाले सवारी चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको छ । ठुला-ठुला खाडल भएर पानी पोखरी बन्दा सम्म प्रदेश सरकार र स्थानीय सरकार सहित सडक डिभिजन कार्यालयले त्यस तर्फ ध्यान नदिंदा अहिले दिनहु जसो दुर्घटना हुने गरेको स्थानीय तथा सवारी चालकहरुको भनाई रहेको छ ।

उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहोर गर्ने गर्दछन् । तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन् ।

यता यस विषयमा सडक डिभिजन कार्यालय दाङमा बुझ्दा कार्यालय प्रमुख निरज शाक्यले वर्षाका कारण काम गर्न नसकिएको बताए । वर्षा रोकिन साथ सडक कालोपत्रे गर्ने उनले आश्वासन दिए ।

सडकमा पानी पोखरी बनेको महिनौ दिन भई सक्यो अव पनि सडक डिभिजन कार्यालय दाङले सडक कालोपत्रे नगर्ने हो भने कुनै न कुनै दिन ठुलो दुर्घटना भई त्यसले ठुलो क्षती निम्त्याउने निश्चत छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे